<

रूपेश यादव, फतुवा बिजयपुर, बैशाख २५ ।

रौतहटको फतुवा बिजयपुर नगरपालिकामा किशोर किशोरी प्रजनन स्वास्थ बारे १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सोमबार नगरपालिकाको वडा नम्बर ८ स्थित रहेको माध्यमिक बिधालय बिजयपुरमा नेपाल फन्जिङ केयर नेपालको सहयोगमा संचालन भएका किशोर किशोरी प्रजननबारे नगर अभिभावक तथा १० देखि १९ बर्षभित्रका किशोर किशोरीहरूलाई स्वास्थ्य समस्या सम्बन्धी अन्तरक्रिया भएको हो ।

सो कार्यक्रममा कार्यकारी निर्देशक सत्रुधन सिंहले किशोर किशोरीहरू यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी अधिकारहरुको बारेमा जानकारी गराएका हुन।यस्तै कार्यक्रमको कार्यवाहक नगरप्रमुख अम्बेया खातुनले किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्यको बारेमा जानकारी हुनु जरुरी रहेको उनले बताएका छन् ।

उनले भनिन्, ‘दशकौंदेखि किशोर–किशोरीहरूका लागि स्वास्थ्य सेवाको कमजोर गुणस्तर र पहुँचलाई सम्बोधन गर्ने प्राथमिक समाधान किशोर–कशोरीहरूको स्वास्थ्य सेवा हो । किशोर किशोरीमैत्री स्वास्थ्य सेवाहरूले गुणस्तरीय मापदण्डहरू पूरा गर्दछ जसले तिनीहरूका लागि पहुँचयोग्य, स्वीकार्य, समान, उपयुक्त र प्रभावकारी बनाउँछ उनको भनाइ रहेको छ ।

कार्यक्रममा विधालयका शिक्षक शिक्षिका, स्वास्थ्यकर्मी प्रमोद गुप्ता, सूचना अधिकृत हंसराज यादव, स्वास्थ्य संयोजक रघुनाथ साह, नगर शिक्षक संघका अध्यक्ष राधेश्याम यादव, महेश यादव, स्वास्थ्य सह संयोजक दिनेश ठाकुर, वडा अध्यक्षहरू तथा विधार्थीहरुको उपस्थितिथ रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0