<

काठमाडौं, २९ माघ ।

राष्ट्रियसभा बैठक बस्दैँछ ।

 

संघीय संसद्अन्तर्गतको राष्ट्रिय सभाको बैठक आज बस्न लागेको हो । बैठक आज बिहान ११ बजेबाट सुरु हुदैँछ ।

आजको बैठकमा दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन, २०७९÷८० पेस गरिने छ भने सम्पती शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश हुनेछ ।

 

साथै,  शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि छलफल र पारित गर्ने कार्यसूची रहेको छ । न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0