<
रौतहट,२८ गते माघ ।
रौतहटको वृन्दावन नगरपालिकाका वडा नं.-९ का वडा सदस्य तथा नगर सभा सदस्य छोटेलाल राउत कुर्मीको १३ औं पुण्य तिथिमा श्रद्धान्जली सभा गरि शोक मनाएको छ ।
गत माघ १७ गते बुधबारका दिन विहानै करिब ४:३० बजेको समयमा ४२ वर्षको उमेरमै असामयिक निधन भएको वडा सदस्य कुर्मीको १३ औं पुन्य तिथिमा आइतबार वहाँको आफ्नै निवासमा श्रद्धाञ्जली (शोक) सभा सम्पन्न गरिएको हो। शोक सभामा पुगेका सम्पूर्णले स्व.वडा सदस्य पटेल प्रति उच्च सम्मानका साथ पुष्प,फुल,माला र अबिर चढाइ हार्दिक श्रद्धाञ्जली अर्पण गरेकका थिए भने सो श्रद्धाञ्जली सभामा दर्जनौं नेताले आ-आफ्ना श्रद्धाञ्जली (शोक) मन्तव्य व्यक्त गर्नुभएको छ।
उक्त आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफूले बिद्रोहबाट निर्माण गरेको पार्टीलाई स्व.वडा सदस्य कुर्मीले स्थानीय तहबाट प्रतिनिधित्व गर्दै पार्टीलाई आफ्नो स्थानीय तहमा सफल बनाएर आफुहरुलाई छोडेर परलोक भएपछि अहिले स्व.कुर्मीको कमी खटकीरहेको बताए। स्व.वडा सदस्य कुर्मीको निधनले आफुले एउटा कुसल नेतृत्व कर्ता र कुस योद्धालाई गुमाए कोले आफू साह्रै दुखि रहेको बताउनुभयो। सम्बोधन पश्चात अध्यक्ष नेपालले र वृन्दावन नगरपालिकाका नगर प्रमुख विनोद प्रसाद कुर्मीले,वहाँको परिवारलाई १ लाख २१ हजार को चेक हस्तान्तरण गर्नुभएको छ।
चेक हस्तान्तरण गर्दै अध्यक्ष नेपालले स्व.वडा सदस्य कुर्मीले पार्टीलाई दिएको महत्त्वपूर्ण समय र योगदानको फलस्वरूप वहाँको परिवारका एकजना सदस्य लाई रोजगारीको व्यवस्थापन गर्ने घोषणा समेत गर्नुभएको छ। त्यसैगरी नगर प्रमुख कुर्मीले स्व.वडा सदस्य कुर्मी मात्र वडा सदस्य र नगर सभा सदस्य न भई समाजको एउटा असल र ईमानदार नेतृत्व कर्ता रहेको बताउनुभयो।
स्व.कुर्मीलाई सम्झिदै नगर प्रमुख कुर्मी भन्नुभयो ,वहाँ नगर सभा सदस्यको हैसियतले आफुलाई सधैं सहयोग गर्दै आएकोले वहाँको निधनले आफू एकदम दुखी रहेको र अहिले आफुलाई वहाँको कमि महसुुस भइरहेको बताउनुभयो। नगर प्रमुख कुर्मीले मृतक प्रति गहिरो संवेदना व्यक्त गर्दै र शोकको यस घडीमा दिवंगत आत्माको चिर शान्तिको कामना साथ मृतकप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै,शोक सन्तप्त परिवारजनमा धैर्य धारण कामनाका गर्नुभयो साथै नगर प्रमुख कुर्मीले अल्पायुमै उहाँको असामयिक निधन भएको खबरले आफुलाई मर्माहत र स्तब्ध बताउनु भयो ।
उहाँले भन्नुभयो एउटा सहयोगी भावना तथा समाजसेवी र बिचारका धनी वडा सदस्य कुर्मीले पार्टी र समाजका लागि खेलेको महत्त्वपूर्ण भुमिका यस समाजमा स्मरणीय रहने बताउदै उहाँको निधनले पार्टी र सिंगो समाजमै ठुलो छती पुगेको आफुले महसुस गरिरहेको बताउनुभयो।
कार्यक्रममा वृन्दावन नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधि र कर्मचारीको साथै नेपाल कम्युनिस्ट पार्टी(एकीकृत समाजवादी) का विभिन्न संगठनमा आवद्ध सयौं नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियोे भने सो कार्यक्रममा विभिन्न शिक्षक,कर्मचारी, सुरक्षाकर्मी,पत्रकार एवम् सयकडौं जनमानस को उपस्थिति रहेको थियोे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1