<

बर्दिवास, २७ माघ ।

नेकपा एमाले महोत्तरीको छैटौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनले बलिराम यादवको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । मतदान प्रक्रियामा यादवले २ सय ५९ मत प्राप्त गरी निर्वाचित हुँदा अर्का प्रतिस्पर्धी शिवचन्द्र सिंहले १ सय ५५ मत प्राप्त गरेका थिए ।

त्यस्तै उपाध्यक्षमा अम्बिकाप्रसाद गौतम निर्वाचित हुनुभएको छ भने सचिव शम्भु ठाकुर, उपसचिवमा फेकन राम र बिन्दु किङ्ग्रिङ्ग निर्वाचित भएका छन ।

 

लेखा समिति अध्यक्षमा सूर्यप्रसाद सिंह कुशवाहा निर्वाचित भएका छन ।न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0