<

काठमाडौं, २४ माघ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच लाख रुपैयाँ घुस लिएको आरोपमा बाराको जीतपुरसिमरा उपमहानगरपालिका–३ का वडाध्यक्ष ताराबहादुर कार्की क्षेत्रीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ।

वडाध्यक्ष कार्कीले घरबाटो सिफारिस दिन सेवाग्राहीसँग पाँच लाख रुपैयाँ लिएको पुष्टि भएपछि मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए। यसअघि आयोगको टोलीले वडाध्यक्ष कार्कीलाई घुस रकमसहित पक्राउ गरेको थियो।न्युजकारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0