<

काठमाडौं, २२ माघ ।

सभामुख देवराज घिमिरेले सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठक सञ्चालन गर्न सात सदस्य टिम मनोनीत गरेका छन्।

आजबाट सुरु भएको संसद्को हिउँदे अधिवेशनको सुरुआत गर्दै सभामुख घिमिरेले सांसद्को टिम छनोट गरेका हुन्।

प्रतिनिधिसभाको बैठकमा प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सात सदस्य मनोनयन गरेका हुन्।

सभामुखमा सांसद ईश्वरीदेवी न्यौपाने, कृष्णगोपाल श्रेष्ठ, चन्दा कार्की भण्डारी, प्रतीक्षा तिवारी, विमला सुवेदी, बुद्धिमान तामाङ, रामकृष्ण यादवलाई मनोनयन गरेको सभामुख घिमिरेले बताए।न्युजकारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0