<

काठमाडौं, २२ माघ ।

बिश्वकप फुटवल २०२६ को उदघाटन समाराेह र पहिलाे खेल मेक्सिकोले गर्ने भएको छ ।

 

फिफाले गएराती घोषणा गरे अनुसार बिश्वकप २०२६ को उदघाटन खेल मेक्सिकोले गर्ने भएको हो ।

जस अनुसार मेक्सिको सिटीको स्टाडियो एज्टेका नामक स्टेडियममा साे उदघाटन समाराेह र पहिलाे खेल हुनेछ । विश्नकपको उदघाटन खेल जुन ११ मा हुनेछ ।

अर्जेन्टिनाका स्ट्राइकर डिएगो म्याराडोनाले सन् १९८६ को क्वार्टरफाइनलमा इङ्ल्यान्ड विरुद्ध गरेको ‘ह्यान्ड अफ गड’ गोल यही स्टेडियम एज्टेकामा गरेका थिए, जसको दर्शक क्षमता ८३ हजार रहेको छ ।

 

मेक्सिकोले सन् १९७० र १९८६ सहित यसअघि दुईवटा विश्वकप आयोजना गरिसकेको छ । सन २०२६ मा उसले तेस्रो पटक विश्वकपको आयोजना गर्न लागेको हो ।न्युजकारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0