<

काठमाडौँ, १९ माघ ।

भारतले नेपाललाई २९८ रनको लक्ष्य दिएको छ । जारी यू-१९ क्रिकेट विश्वकपको सुपरसिक्स अन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिंग गरेको भारतले ५० ओभरमा ५ विकेट गुमाएर २९७ रन बनाएको हो ।

भारतका लागि सचिन दासले ११६ रनको र कप्तान उदय सहरनले १०० रनको शतकीय पारी खेलेका थिए । त्यस्तै आदर्श सिंहले २१, प्रियांशु मोलियाले १९ तथा आर्शिन कुल्करनीले १८ रन बनाएका थिए ।

त्यसैगरी नेपालका बलर गुलशन झाले ३ विकेट लिएका थिए भने आकाश चन्दले एक विकेट लिएका थिए ।न्युजकारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0