<
ओम प्रकाश यादव माघ १९ गते, रौतहट ।
यातायात व्यवस्था सेवा कार्यालय गौर रौतहटका प्रमुख अरविन्द दासले आफना कार्यालयका बारेमा केहि सञ्चारमाध्यममा आएको भ्रामक खबरप्रति आफना गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
यातायात कार्यालय गौरमा रातिमै परीक्षा र ट्रायल हुने गरेको तथा मोटरसाइकल एवं चारपांग्रे सवारी साधनको लाइसेन्सका लागि छुट्टा–छुट्टै शुल्क लिने गरेको भनी केहि सञ्चारमाध्यममा आएको खबरमा कुनै सत्यता नरहेको कार्यालय प्रमुख दासले बताएका छन् । केहि व्यक्तिले व्यक्तिगत प्रतिसोध साध्न सञ्चारमाध्यममा झूठा, भ्रामक र कपोकल्पीत खबर सम्प्रेशन गराएर कार्यालयलाई बदनाम गराउने काम गरेको दासले बताए ।
आफना प्रतिक्रिया समेत नराखी एकहोरो ढंगले हुदै नभएको जथाभावी कुरा लेखेर समाचार समप्रेशन गर्नु कतिको उचित हो भनी उनले प्रश्न गरे । आफना प्रतिक्रिया समेत नराखी एकतर्फि ढंगले झूठो समाचार सम्प्रेशन गरी कार्यालयलाई बदनाम गर्न खोज्ने विरुद्ध आफु कानुनी बाटोमा लाग्ने समेत उनले बताए । लाइसेन्सका लागि बिचौलिया मार्फत शुल्क लिने गरिएको भन्ने सञ्चारमाध्यममा आएको कुरा आफुलाई थाहा नभएको उनले बताए ।
यहाँबाट मोटरसाइकल एवं चारपांग्रे सवारी साधनको लाइसेन्सका लागि आफुहरु कुनै प्रकारको शुल्क नलिने गरेको उनले दावी गरे । कार्यालयले पैसा उठाउन वा पैसा लिन कुनै बिचौलिया नराखेको प्रष्ट पार्दै दासले लाइसेन्स बनाउन कसैले पैसा मागे सिधै आफुलाई खबर गर्न सबैलाई आग्रह गरे । लाइसेन्स बनाउन पैसा लिएको बिचौलिया फेला परे हदैसम्मको कार्यवाही गर्ने समेत उनले बताए । आम नागरिकलाई सहज र सरल ढंगले सेवा दिएकै कारण रौतहट सहित अन्य जिल्लाबाट समेत लाइसेन्सका लागि यातायात कार्यालय गौरमा मानिसहरु आउने गरेको उनले बताए ।
एकैदिन बिहान लिखित परिक्षा र बेलुका ट्राएल लिने गरेएको हुँदा यस्तोमा समय र पैसा दुबैको बचत हुने गरेकोले अन्य ठाउँभन्दा यातायात कार्यालय गौर रौतहटमा लाइसेन्स लिन आउनेको संख्या दिन प्रतिदिन बढ्दै गएको कार्यालय प्रमुख दासले बताए । गौरमा लाइसेन्स लिनका लागि आम नागरिकको आकर्षण बढेसंगै राज्स्व संकलनमा समेत वृद्धि भएको उनले बताए ।
आफुले गर्ने राम्रो कामबाट आतिएका केहि व्यक्तिले आफुलाई जसरी नि बदनाम गरी असफल सावित गर्न कार्यालयको बारेमा भ्रम क्षर्णे काम गरेकोले त्यस भ्रमको पछाडि नपर्न उनले आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1