<

काठमाडौं, १६ माघ ।

सेनेगल अफ्रिकन कप अफ नेसन्सबाट बाहिरिएको छ ।

गएराती सम्पन्न राउण्ड १६ अन्तरगतको खेलमा आइभरी कोष्टले पेनाल्टी सुटआउटमा पराजित गरेपछि सेनेगल प्रतियोगिताबाट बाहिरिएको हो ।

निर्धारित ९० मिनेटको खेलमा १-१ को बराबरीमा रोकिएपछि दुवै देश ३० मिनेटको अतिरिक्त समय खेलेका थिए ।

९० मिनेटको खेलमा सेनेगलका लागि हबिब दियाल्लो र आइभरी कोष्टका कागी फ्रयांक कस्सिएले एक एक गोल गरेका थिए ।

३० मिनेटको अतिरिक्त समयमा कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो । पेनाल्टी सुटआउटमा आइभरी कोष्टले सेनेगललाई ५-४ ले पराजित गरेको थियो ।

अब क्वाटरफाइनलमा पुगेको आइभरी कोष्टले माली र बुर्किना फासोबीचको विजेतासँग खेल्ने छ ।न्युजकारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0