<

रौतहट, १५ माघ ।

जिल्लामा स्वास्थ्य बीमा गरेकाहरूले राम्रोसँग स्वास्थ्य सेवा नपाएको गुनासो गरेका छन्।

स्वास्थ्य बीमा गरेकाहरूलाई राज्यले विभिन्न प्रकारका औषधिहरु निःशुल्क उपलब्ध गराउने बताएको भए पनि पछिल्लो समय औषधिहरु पाउन छाडेको उनीहरूले गुनासो गरेका छन्।

चन्द्रनिगापुरस्थित सरकारी अस्पतालमा स्वास्थ्य विभाग गराएका सर्वसाधारणले सरकारी अस्पतालबाट तोकिएको औषधि नपाएको गुनासो गरेका छन्।

स्वास्थ्य बीमा गरेकाहरूलाई सरकारले विभिन्न प्रकारका औषधि तथा विभिन्न प्रकारको चेकजाँचमा विशेष छुट दिँदै आएको छ। स्वास्थ्य बीमा गरेकाहरूले केन्द्रीय अस्पताल तथा अन्य ठूला सरकारी अस्पतालमा रेफर लेख्ने र त्यहाँबाट लिखाएको औषधि चन्द्रनिगापुर स्थित सरकारी अस्पतालमा माग्ने गरेका कारण समस्या परेको स्वास्थ्यकर्मीहरूले बताएका छन्।

जहाँ लेखिदियो त्यहीबाट औषधि लिनुपर्ने भए पनि सर्वसाधारणले बाहिर गएर औषधि लेखाएर चन्द्रनिगापुरस्थित सरकारी अस्पतालबाट औषधि माग गर्ने गरेका कारण समस्या भएको डाक्टर अभिनन्दन श्रीवास्तवको भनाइ रहेको छ।

तर स्वास्थ्य बीमा गरेका सर्वसाधारणहरूले चन्द्रनिगाहपुरस्थित सरकारी अस्पतालले औषधि बाहिरबाट किन्नु भन्दै पठाउने गरेको गुनासो गरेका छन्।

चन्द्रनिगापुर स्थित सरकारी अस्पतालबाट स्वास्थ्य बीमा गरेका सर्वसाधारणलाई एक्सरे गर्न समेत समस्या परेको र एक्सरे गर्न समेत बाहिर जानु भन्दै पठाउने गरेको उनीहरूको गुनासो रहेको छ। चन्द्रनिगापुरमा रहेको सरकारी अस्पतालमा रहेको एक्सरे मेसिनले एक दिनमा १० वटा मात्र एक्सरे गर्ने भएका कारण आफूहरुले बाध्य भएर स्वास्थ्य बीमा गरेका सर्वसाधारणलाई निजी स्वास्थ्य केन्द्रमा पठाउनुभएको एक स्वास्थ्यकर्मीले बताए।

चन्द्रपुर नगरपालिका वडा नम्बर ८ का स्वास्थ्य बीमा गरेका स्थानीय बासिन्दा पुष्पलाल तिमल्सिनाले चन्द्रनिगापुरस्थित सरकारी अस्पतालले स्वास्थ्य बीमा गरेका बिरामीलाई समेत औषधि बाहिर किन्नु भन्दै लेखेर पठाउने गरेको गुनासो गरेका छन्।

सरकारले स्वास्थ्य बीमालाई प्रभावकारी बनाउने बताउँदै आएको भएपनि रौतहट जिल्लामा स्वास्थ्य बीमा गरेका सर्वसाधारणले सरकारले तोकेको निःशुल्क औषधि पाउन सकेका छैनन्। रौतहटका स्वास्थ्य संस्थामा स्थानीय पालिकाहरूले औषधि समयमा नकिनेर दिएका कारण समेत सर्वसाधारणले समयमा औषधि पाउन नसकेको गुनासो बढ्दै जान थालेको छ।

जिल्लाको वृन्दावन नगरपालिकामा विगत लामो समयदेखि पालिकाले औषधि खरिद गरेर नदिएका कारण सो स्थानका सर्वसाधारणले सरकारले तोकेको निःशुल्क औषधि समेत पाउन छाडेका छन्।

सरकारले स्वास्थ्य बीमालाई प्रभावकारी बनाउँदै लैजाने भन्दै विभिन्न कार्यक्रम ल्याएको भए पनि रौतहटमा स्वास्थ्य बीमा गरेकाहरूले नै औषधि निःशुल्क रुपमा पाउन नसकेको स्थानीय बासिन्दा अचुत हुमागाईको भनाइ रहेको छ। सरकारले स्वास्थ्य बीमा गरेकाहरूलाई समस्यामा पारेको हुमागाएको भनाइ रहेको छ।

स्वास्थ्य बीमा गरेकाहरूलाई सरकारले निःशुल्क रुपमा औषधि तथा उपचार गर्ने भनेको भएपनि पछिल्लो समय रौतहट जिल्लामा स्वास्थ्य बीमा गरेकाहरूलाई नै सरकारी स्वास्थ्य संस्थाबाट निःशुल्क रुपमा औषधि समेत पाउन छाडेको हुमगाइले गुनासो गरे।न्युज कारखाना

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0