<

गाजा, १४ माघ ।

इजरायलले गाजामा गरेको आक्रमणबाट २६ हजार ४२२ प्यालेस्टाइनीको मृत्यु भएको जनाइएको छ ।

गत ७ अक्टोबरदेखि भएको गाजामाथिको आक्रमणबाट कम्तिमा २६ हजार ४२२ जना प्यालेस्टाइनीको मृत्यु भएको र ६५ हजार ८७ घाइते भएका गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार मृत्यु हुनेमा ११ हजार बालबालिका र ७ हजार ५०० महिला रहेका छन् ।

 

विगत २४ घण्टामा १६५ प्यालेस्टाइनी मारिएका र २९० जना घाइते भएको विज्ञप्तिमा उल्लेख छ ।

 

गाजामा इजरायलको आक्रमणले घेराबन्दी गरिएको क्षेत्रको ठूलो भाग ध्वस्त पारेको छ र त्यहाँका करिब ८५ प्रतिशत मानिस  विस्थापित गरेको मन्त्रालयको भनाइ छ।न्युजकारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0