<

बज्जिकाञ्चल,राैतहट,१२ गते माघ ।

नेपाल रेडक्रस साेसाईटि राैतहटकाे विभिन्न उपशाखाहरूकाे साधारणसभा सम्पन्न भएको छ ।

No description available.

नेपाल रेडक्रस सोसाइटी उपशाखा सपगढा २९ औं वार्षिक साधारण सभा उपशाखाका सभापति शेख मैनुदिन अध्यक्षता तथा प्रमुख अतिथिको रुपमा जिल्ला शाखाका सभापति राज किशोर प्र. यादव, शाखाका मन्त्री शधर्मेन्द्र प्रसाद सिंह, युवा समाज सेवी मो. मुरतजा लगायत उपशाखा कार्य समिति पदाधिकारी, सदस्यहरूको उपस्थितिमा सम्पन्न भएको छ।

No description available.

उपशाखाका सचिव शेख कैमुदिन कोषाध्यक्षले बार्षिक प्रगति एवम् आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । यसै गरी नेपाल रेडक्रस सोसाइटी हथियाहीको २३ अौं बार्षिक साधारण सभा उपशाखाका सभापति शिवचन्द्र लाल कर्णको अध्यक्षता तथा प्रमुख अतिथि को रुपमा जिल्ला शाखाका सभापति राज किशोर प्र. यादव, शाखाका मन्त्री धर्मेन्द्र प्रसाद सिंह, उपकोषाध्यक्ष शेख कैमुदिन लगायत उपशाखा कार्य समिति पदाधिकारी,सदस्यहरूको स्थानीय बुद्धिजीवी,समाजसेवी,शिक्षकको उपस्थितिमा सम्पन्न भएको छ ।

No description available.

उपशाखाका सचिव बिनोद लाल कर्णले बार्षिक प्रगति प्रतिबेदन र आर्थिक प्रतिबेदन तथा अगामी बर्षको प्रस्तावित कार्यक्रमहरू प्रस्तुत गर्नु भएको थियो भन्ने दुबै उपशाखाको कार्यक्रम सभाले पारित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0