<

काठमाडौँ, १२ माघ ।

अफगानिस्तानले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ । जारी यू-१९ विश्वकपअन्तर्गत समूह डी को समूह चरणको अन्तिम खेलमा अफगानिस्तानले नेपाललाई १४६ रनको लक्ष्य दिएको हो ।

 

टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ४०.१ ओभरमा अलआउट हुँदै १५० रन बनाएको थियो ।

 

अफगानिस्तानका लागि एएम घजानफरले सर्बाधिक ३७ रन बनाएका थिए भने कप्तान नासीर खानले ३१, हसन एसाखिलले २० तथा फरिदुन दाउदजाईले २९ रन बनाएका थिए । अफगानिस्तानले एक समय ८८ रनमा ८ विकेट गुमाएकोमा नवौं विकेटका लागि फरीदून दाउदजाइ र कप्तान नासिर खानले ५५ रनको साझेदारी गरेका थिए ।

 

त्यसैगरी नेपाली बलर आकाश चन्दले सर्बाधिक ५ विकेट लिएका थिए भने दिपेश कँडेलले २ तथा गुलशन झा, सुबास भण्डारी र तिलक भण्डारीले एक एक विकेट लिएका थिए ।न्युजकारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0