<

महाेत्तरी, १२ माघ ।

महोत्तरीको चुरे क्षेत्र राईमण्डलको पर्यटकीय सम्भाव्यता अध्यन गर्न मन्त्रालयले बिज्ञ टोली पठाउने भएको छ ।

 

बर्दिवास उधोग बाणिज्य संघ, होटल तथा पर्यटन व्यवसायी संघ, स्थानीय पत्रकारसँग भएको छलफलमा तत्कालै अध्यन टोली पठाउने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आश्वासन दिएका हुन् ।

 

उक्त छलफलमा मन्त्री किरातीले राईमण्डलकाे सम्भाब्यता अध्ययन पछि आवाश्यक बजेट समेत विनियोजित गर्ने बताएका छन् ।

 

डा. गुड्रन कर्विन्सले अध्ययन गरेको राईमण्डल क्षेत्रमा नै रहेको मध्यपाषण युगको हतियार कारखानाको थप अध्यन गर्न र पर्यटकीय सम्भावानाको प्रारम्भिक अध्ययन गर्न जरुरी भएको मन्त्री किराँतीले बताए ।

 

अध्ययन टोलीको प्रतिबेदनअनुसार बजेट विनियोजन गरेर बर्दिवासमा रहेको प्राचिन र प्राकृतिक पर्यटन प्रर्वद्वन गर्न आफु तयार रहेको उनकाे भनाई छ ।

 

छलफल पछी महोत्तरी क्षेत्र न. १ का पुर्व सांसद समेत रहेका गिरिराजमणि पोखरेलले मन्त्री किरातीसँगको भेटघाट निक्कै फलदायी भएको बताए । निर्वाचनमा पराजित भएतापनि घोषणापत्रमा राइमण्डललाई पर्यटकीय क्षेत्र बनाउने उदघोष गरेको बताउँदै सो प्रतिबद्दता अहिले पनि सम्झिराखेको नेता पोखरेलले बताए ।

 

यता मन्त्री किरातीले अध्ययन टोली पठाउने बताए पछि उधोगी र पर्यटन व्यवसायीहरु उत्साहित भएका छन् । छलफल आशजाग्दो भएको बताउदै उधोग बाणिज्य संघ बर्दिवासका अध्यक्ष बिष्णु खडकाले राईमण्डल पर्यटकीय हवको रुपमा बिकास हुने बिस्वास ब्यक्त गरेका छन ।

 

त्यस्तै होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीका अध्यक्ष गुन्ज कार्कीले होटल हव, शैक्षिक हवको रुपमा विकास हुदै गएको बर्दिवास अब मधेशकै पर्यटन हब बन्न सक्ने आशा पलाएको बताए ।

 

छलफलमा माओवादी केन्द्रका युवा नेता गणेश बस्नेत, उधोग बाणिज्य संघ बर्दिवासका महासचिव उत्तम कुमार श्रेष्ठ, उपाध्यक्ष सन्तोष सिग्देल, नाटा मधेश प्रदेशका माहासचिव सुदर्सन काफ्ले, स्थानीय पत्रकार बिशाल बस्नेतलगायतको उपस्थिति रहेको थियो ।   न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0