<

काठमाडौँ, १० माघ ।

 दक्षिण अफ्रिकामा जारी आइसीसी यू- १९ विश्वकप अन्तर्गत आज नेपालले आफ्नो दोस्रो खेल पाकिस्तानविरुद्ध खेल्दै छ । समुह डी मा रहेको नेपालले यस खेलमा टस जितेको छ ।

 

नेपालका कप्तान देव खनालले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेका छन् । योसँगै पाकिस्तानले पहिला बलिङ गर्ने भएको छ ।

 

नेपालले आफ्नो पहिलो खेलमा न्यूजील्याण्डसँग ६४ रनको हार बेहोरेको थियो भने पाकिस्तानले पहिलो खेलमा अफगानिस्तानलाई पराजित गरेको थियो ।

 

नेपाली प्लेइङ ११

देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दिपक प्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलशन कुमार झा,  दिपेश प्रसाद कँडेल, सुभाष भण्डारी,  उत्तम थापा मगर, विपिन रावल र आकाश चन्द ।न्युजकारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0