<

काठमाडौँ, १० माघ ।

जारी अफ्रिकन कप अफ नेसन्स अन्तर्गत सेनेगल र क्यामरुन दोस्रो चरणमा पुगेका छन् । मंगलबार राति सम्पन्न समूह सीअन्तर्गतका खेलमा क्यामरुनले गाम्बियालाई ३-२ गोल अन्तरले पराजित गरेको थियो भने सेनेगलले गिनीलाई २-० गोल अन्तरले पराजित गरेको थियो ।

समूह सी को समुह चरणका खेलपछि सेनेगल ३ खेलमा ९ अंकसहित समुहमा शिर्ष स्थानमा रहेर दोस्रो चरणमा पुगेको छ भने क्यामरुन ३ खेलमा ४ अंकसहित दोस्रो हुँदै अर्को चरणमा पुगेको छ ।

 

त्यस्तै गिनीको पनि ४ अंक रहे पनि गोल स्कोरमा क्यामरुन अगाडी रहेकाले दोस्रो भएको छ र गिनी तेस्रो स्थानमा रहेको छ । अब तेस्रो स्थानमा रहेको गिनी पनि अर्को चरणमा पुग्ने सम्भावना कायम रहेको छ । अब समुह चरणका खेल सकिएपछि यसको टुंगो लाग्नेछ ।

 

त्यस्तै यस समुहबाट गाम्बिया भने तिनै खेलमा हार बेहोरेर बाहिरिएको छ ।न्युजकारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0