<

 रौतहट,०९ गते माघ ।

रौतहट–मधेश प्रदेशमा आर्थिक मन्दीका कारण विभिन्न घटनाहरु बढ्दो छ । पछिल्लो समय भाषणमा सिमित रहेको लघुविक्त बैंकहरु माथिको आक्रमण आज व्यवहारमै उत्रिएको छ । जिल्लाको चर्चित बजार कटहरियामा लघुविक्त बैंकहरुको कार्यालयमा झुण्डयाइएको ब्यानर च्यातनुदेखि लिएर तालाबन्दी सम्म गरिएको छ ।

No description available.

सम्पूर्ण विक्तिय शोषण र उत्पीडन विरुद्ध किसान मजदुर मोर्चाका मान्छेहरुले लघुविक्त खारेज,लघुुविक्तको मनोमानी चल्दैन्,किस्ता माग्न बन्द गर लगायत नारावाजी गर्दै कटहरिया बजारमा रहेको लघुविक्त बैंकहरुको ब्यानर नै च्याति दिएका छन् । मिटर ब्याज तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समिति रौतहट र लघुुविक्त विक्तिय संस्था विरुद्ध संघर्ष समिति रौतहटको आयोजनामा जम्मा भएका मान्छेहरुले लघुविक्त विरुद्ध प्रदर्शन गरेका छन् ।

No description available.

मंगलबार उनीहरुले कटहरियामा रहेको ७ लघुविक्त बैंकहरुको कार्यालयमा तालाबन्दी गरि दिएका छन् । कटहरियामा रहेको मेरो माइक्रोफाइनान्स,डिप्रोक्स बैंक लगायतका बैंकहरुमा तालाब्न्दी गरिएको हो । लघुवित बैंकको कारण धेरै मान्छेहरुले आत्महत्या गर्न बाध्य भएको उनीहरुको आरोप छ ।

No description available.

बैंक कर्मचारीहरु किस्ता माग्न जादा गाली,बेइज्जती गर्ने,दुव्र्यवहार गर्ने गरेको प्रर्दशनकारी हरुको भनाइ रहेको छ । प्रर्दशनकारीहरुले झुण्ड आउने खबरले लघुविक्त बैंकका कर्मचारीहरु कार्यालय नै बन्द गरेर फरार भएका थिए । प्रर्दशनको क्रमममा सयौं मानिसहरुको सहभागिता रहेको थियो ।No description available.No description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
2
+1
0
+1
3