मुम्बई, ९ माघ ।
सन् २०२४ को पहिलो ब्लकबस्टर फिल्म ‘हनुमान’ ले बक्स अफिसमा राज गरिरहेको छ ।
चलचित्र सुस्त गतिमा सुरु भएपनि चलचित्रले जुन गति लिएको छ, त्यसले अन्य निर्माताहरुलाई पसिना पसिनामा पु¥यायो । बक्स अफिसमा निकै न्यून कलेक्सनबाट सुरु भएको ‘हनुमान’ले सुपरस्टार महेश बाबुको ‘गुंटुर करम’ को विश्वव्यापी कलेक्शन तोडेर सन् २०२४ को सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ ।
राम मन्दिर प्राणप्रतिष्ठा कार्यक्रमको आयोजना गर्दै निर्माण पक्षले फिल्मको दोस्रो भागको घोषणा गरेको हो ।
फिल्म ‘हनुमान’ जनवरी १२ मा हिन्दीका साथै दक्षिणी भाषामा पनि थिएटरमा रिलिज भएको थियो । त्यस दिनदेखि यो फिल्म लगातार चर्चामा छ । मात्र २० करोडमा बनेको यो फिल्मले निर्मातालाई सोचे भन्दा बढी बनाएको छ । रामलाला प्राण प्रतिष्ठाको अवसरमा पनि ‘हनुमान’ ले निकै कमाई गरेको छ र यसै दिन उनीहरुले फिल्मको सिक्वेलको घोषणा पनि गरेका छन् । यस फिल्मका मुख्य अभिनेता तेजा सज्जा भने दोस्रो पार्टमा देखिने छैनन ।
२० करोडको बजेटमा बनेको फिल्म ‘हनुमान’ले एक सय ३० करोडभन्दा बढी कलेक्शन गरेर सबैलाई चकित बनाएको छ । सैकनिल्कको प्रारम्भिक ट्रेंड रिपोर्ट अनुसार हनुमानले दोस्रो सोमबार अर्थात् रिलिजको ११ औं दिनमा ७.५० करोड भारु कलेक्सन गरेको छ। योसँगै ‘हनुमान’को कुल कमाई अहिले १३९.५५ करोड रुपैयाँ पुगेको छ ।
‘हनुमान’को अभूतपूर्व सफलताबाट निर्माताहरु निकै खुसी छन् र यसैले अयोध्यामा रामलाला प्राण प्रतिष्ठाको अवसरमा ‘हनुमान’ को अर्को पार्ट घोषणा गरेर निर्माताले फ्यानहरुलाई ठूलो उपहार दिएका छन् । ‘हनुमान’ को अर्को भाग ‘जय हनुमान’ शीर्षकको साथ रिलिज हुनेछ । यसको पोस्टर पनि सार्वजनिक भएको छ ।
‘जय हनुमान’को सिक्वेलमा तेजा सज्जा हनुमान मुख्य कलाकार हुनेछैनन् । मिडिया रिपोर्टका अनुसार प्रशान्त वर्माले फिल्मको सम्बन्धमा बयान दिएका थिए जसमा उनले तेजा सज्जा ‘हनुमान’ को सिक्वेल ‘जय हनुमान’ मा मुख्य नायक नहुने बताएका थिए । यो फिल्ममा उनी ‘हनुमन्थु’ को रुपमा देखिनेछन् । तर, ठूला कलाकारले मुख्य भूमिका निर्वाह गर्ने भएका छन् ।न्युजकारखाना