<
पर्सा,०८ गते माघ ।
पाेखरिया-पर्सा जिल्लाकाे पाेखरिया नगरपालिकाले आज घरघरमा दिपावली मनाउन अनुराेध गरेको छ । छिमेकी मुलुक भारतकाे राम जन्मभूमि अयाेध्यामा हुन लागेकाे नवनिर्मित राम मन्दिरकाे प्राण प्रतिष्ठाकाे अवसर पारेर घरघरमा दिपावली मनाउन नगरपालिकाले आग्रह गरेकाे हाे ।
पाेखरिया नगरपालिकाले नगरवासी लाई साेमबार साँझ आ-आफनाे घर–घरमा दिप प्रज्वलन गरी राम मन्दिर उद्वघाटन लाई भव्य बनाउन अपिल गरेकाे छ । साथै पाेखरिया नगरपालिका क्षेत्र भित्र कुनै पनि पशुपन्छी,जिवजन्तु आदिकाे बध,मदिरा,माछामासु,विक्री वितरण लगायतका कार्यहरू नगरिदिनु हुन सबै सराेकारवाला व्यवसायीहरू र व्यक्तिहरू लाई अुनराेध गरेको हाे । पाेखरिया नगरपालिकाका नि.प्रमुख प्रशासिकय अजय कुमार श्रीवास्तवकाे हस्ताक्षरमा जारी भएको सूचनामा आज माघ ०८ गते घरघरमा दिपावली गर्न भनिएको छ ।
‘पाेखरिया नगरपालिकाकाे, निर्णयानुसार मिति २०८० साल माघ ०८ गते ‘राम मन्दिर प्राण प्रतिष्ठा’काे अवसरमा आज(साेमबार) हरेक घर–घरमा दीप प्रज्ज्वलन गरी दीपावली गरी भव्यताका साथ राममन्दिर समुद्वघाटन मनाउनु हुन सम्पूर्ण नगरबासी आमजनसमुदायहरुमा अनुरोध छ,’ जारी सूचनामा भनिएको छ ।
त्यसैगरी पाेखरिया नगरपालिकाका नगर प्रमुख प्रदुमन प्रसाद चौहानले वर्षाैंपछि निर्माण भएको राम मन्दिर प्राण प्रतिष्ठाले सम्पूर्ण हिन्दूहरूकाे आस्थाको विषय रहेकाेले घरघरमा दिपावली मनाउन नगरवासीलाई अनुराेध गरेका छन् भने नगरभित्र माछामासु तथा मासुजन्य वस्तु विक्रि वितरण नगरिदिनु हुन अपिल गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1