<

काठमाडौंँ, ७ माघ ।

आइसीसी यू–१९ विश्वकपमा भारतीय टोलीले विजयी सुरुवात गरेको थियो । पहिलो खेलमा भारतले बंगलादेशलाई ८४ रनले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २५१ रन बनाएको थियो । जवाफमा बंगलादेश ४५.५ ओभरमा अलआउट हुँदै १६७ रनमा समेटियो ।

भारतका लागि आदर्श सिंहले सर्वाधिक ७६ रन बनाए । कप्तान उदय सहारनले ६४ रनको योगदान दिए । सचिन दासले २६ तथा प्रियांशु र अविनिशले २३–२३ रनको योगदान दिए ।

बलिङतर्फ बंगलादेशका मारुफ मिट्टीले ५ विकेट लिए । मोहम्मद रिजवान र रहमान रेड्डीले समान १–१ विकेट लिए ।

बंगलादेशका लागि मोहम्मद सिहाब जेम्सले सर्वाधिक ५४ रन बनाए । त्यस्तै अरिफुल इस्लामले ४१ रन बनाए । यी दुईबाहेक तीन ब्याट्सम्यानले मात्र दोहरो अंक छुन सके । शेख पेवेज जिबोन १५ रनमा अविजित रहे । त्यस्तै इशिकुर रहमान सिब्ली र जिशान आलमले समान १४–१४ रनको योगदान दिए ।

भारतका लागि सौम्या पाण्डेले ४ विकेट लिए । मुशीर खानले २ विकेट लिए । त्यस्तै राज लिम्बानी, अर्शिन कुलकर्णी र प्रियांशु मोलियाले समान १–१ विकेट लिए ।न्युजका्रखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0