<

काठमाडौं, ७ माघ ।

जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुइ खेल हुदै छन् । आज भैरहवा क्रिकेट मैदानमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच खेल हुदै छ भने अर्को खेल मुलपानी क्रिकेट मैदानमा गण्डकी प्रदेश र कोशी प्रदेशबीच हुदैँछ ।

 

अहिलेसम्म पीएम कपको अंकतालिकामा सुदूरपश्चिम प्रदेश र नेपाल पुलिस क्लब मात्र अपराजित रहेका छन् । सुदूरपश्चिमले आफ्ना तिनै खेल जितेर ६ अंकसहित शिर्ष स्थानमा रहेको छ । त्यस्तै नेपाल पुलिस क्लबले आफ्ना दुवै खेल जितेर ४ अंकसहित अंक तालिकामा चौथो स्थानमा रहेको छ ।

 

त्यस्तै बागमती प्रदेशले ५ खेलमा ३ खेल जितेर ६ अंकसहित दोस्रो स्थानमा छ भने मधेश प्रदेशले ५ खेलमा ३ जितसहित ६ अंक हासिल गरेर तेस्रो स्थानमा छ ।

 

त्यस्तै त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबले आफ्ना ३(३ खेलमा २(२ खेल जितेर ४(४ अंकसहित पाँचौ र छैटौं स्थानमा रहेका छन् ।

 

त्यस्तै कर्णाली प्रदेश ४ अंकसहित सातौं स्थानमा छ भने लुम्बिनी प्रदेशले आफ्ना ३ खेलमा एक जित र २ हार बेहोरेको छ र आठौ स्थानमा छ भने । त्यसैगरी गण्डकी र कोशी प्रदेशले अहिलेसम्म जित हासिल गर्न सकेका छैनन् ।

 

गण्डकीले अहिलेसम्म खेलेका आफ्ना तिनै खेलमा हार बेहोरेको छ भने कोशी प्रदेशले खेलेका पाँचै खेलमा हार बेहोरेको छ ।न्युजका्रखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0