<

बेइजिङ, ७ माघ ।

चीनको एक स्कुलमा आगलागी हुदाँ १३ बिधार्थीको मृत्यु भएको छ ।

 

मध्य चीनको एक बोर्डिङ स्कुलको छात्रावासमा आगलागी हुँदा १३ विद्यार्थीको मृत्यु भएको हो ।

 

चिनियाँ सञ्चारमाध्यमका अनुसार हेनान प्रान्तको यान्सानपु गाउँको यिङकाई विद्यालयमा आगलागी हुँदा एक विद्यार्थी घाइते भएको छन ।

 

घाइते हुनेमा प्राथमिक विद्यालय तेस्रो कक्षाका विद्यार्थी रहेको बताइएको छ । ती सबै नौ र १० वर्षका एउटै कक्षामा अध्ययनरत बिधार्थी रहेको हेबेई डेलीले जनाएको छ ।

 

फायर फाइटरहरूले आगोलाई तुरुन्तै निभाउन सफल भएका छन, जुन शुक्रबार राति ११ बजे सुरू भएको थियो । अधिकारीहरूले सो आगलागीको कारणको अनुसन्धान गरिरहेको र  विद्यालयका प्रमुखलाई हिरासतमा लिइएको छ ।

 

चाइना नेशनल रेडियोले विद्यालयको छात्रावासको भवनका केही झ्यालहरू भाँचिएको र प्रहरीले नजिकैको इलाकालाई घेराबन्दी गरेको देखाएको तस्बिरहरू प्रकाशित गरेको बताएको छ।

 

करिब एक करोड जनसंख्या भएको सहर नान्याङको बाहिरी भागमा रहेको यान्सापु गाउँमा यो घटना भएको हो ।न्युजका्रखाना

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0