<
आरके श्रीवास्तव,रौतहट,२५ गते पुुस ।
रौतहटको मध्यभाग गरुडामा सामुदायिकसिकाइ केन्द्रको क्षमताअभिवृद्धि तालिम सम्पन्नभएको छ । आसमान नेपाल ,एसओडिसिसि पर्सा र पिन नेपालको आयोजना र शिक्षाविकास तथा समन्वयइकाइ रौतहटको समन्वयमादुुइ चरणमा दुुइ÷दुुइ दिने तालिम गराइएको हो ।
निष्क्रिय रुपमा रहेको सिकाइ केन्द्रलाइ सक्रियगर्न पालिका सँग समन्वय र सहकार्य गर्ने,सिकाइ केन्द्रको पदाधिकारी तथा सहजकर्ताको क्षमताअभिवृद्धि गर्न र आवश्यकआधारभूत सामाग्रीप्रदानगर्ने उदेश्यले तालिमदिइएको परियोजना संयोजकजगदिप बण्ठाले जानकारी गराए ।
तालिममाशिक्षातालिमकेन्द्र बाराकाशाखाअधिकृत शिवशंकर चौधरीले शिक्षाकाप्रकार,सामुदायिकसिकाइ केन्द्रको अवधारणा,सिकाइ केन्द्र सम्बन्धिनीतिगत र कानुनीप्रावधान,व्यवस्थापन समितिको भूमिका र सामाजिक परिचालकको भूमिका,सिकाइ केन्द्रको कार्यालय व्यवस्थापन,सामाजिक परीक्षण र स्रोत पहिचान,घटना अध्ययन र छलफल, सामुुदायिकसिकाइ केन्द्रको दीगो विकासको बारेमाजानकारी गराउनु भएको थियो ।
त्यस्तै उनले बिधालयबाहिर रहेकाबालबालिकाहरुलाइशिक्षाकाृे मूलधारमाल्याउन सामुदायिकसिकाइ केन्द्रको भूमिका,साक्षर पालिकाअभियानमा सामुदायिकसिकाइ केन्द्रको भूमिका,बालिकातथा समावेशीशिक्षा सन्जाल÷सामुदायिकसिकाइ केन्द्रको दीगो विकास,सामुुदायिकसिकाइ केन्द्रको कार्यक्रम अनुुसरण योजनाबारेमातालिमदिएकाथिए । पहिलो चरण पुस २२ गते र २३ गते चलेको तालिममाजिल्लाको दुुर्गाभगावतीगाउँपालिका, गरुडा नगरपालिका,कटहरिया नगरपालिका,बौद्धीमाइ नगरपालिका र परोहानगरपालिकाको लागितालिम सञ्चालनभएको थियो ।
भने दोस्रो चरणमा राजपुर नगरपालिका,गढिमाइ नगरपालिका,माधवनारायण नगरपालिका, मौलापुर नगरपालिका र यमुुनामाइगाउँपालिकाको लागितालिम सञ्चालनगरिएको थियो । आयोजक संस्थाको कार्यक्रम सञ्चालन रहेको १० पालिकाको सामुसदायिकसिकाइ केन्द्रको क्षमताअभिवृद्धिका लागितालिमआयोजन गरेको थियो । जसमापहिलो चरणमा १५ जना र दोस्रो चरणको तालिममा १६जना गरी कुल ३१ जना सहभागिभएकाथिए ।
सामुदायिकसिकाइ केन्द्रका २ जना र पालिकाको शिक्षा संयोजक सहभागीथिए । तालिमको उद्धघाटन सत्रलाइ सम्बोधनगर्दै शिक्षाविकास समन्वयइकाइ रौतहटका प्रमुुख रामविनयकुमार सिंहले सामुदायिकसिकाइ केन्द्र लाइपारिवारवाद बाट मुक्तगर्न सुुझावदिए ।
साथै प्रत्येक वर्ष सामुुदायिक परिक्षण गराउन र सिकाइ केन्द्र निष्क्रिय नराखि सहकार्य गरी सक्रियबनाउनआग्रह गरे । तालिमपश्चात सहभागिसिकाइ केन्द्रहरुलाइ हवाइट बोर्ड,त्रिपाल,कपी,पेन्सिल,कटर,इरेजर, मार्कर गरि २७किसिमको सामाग्रीउपलब्ध गराइएको शिक्षाअधिकृत अरविन्दकुमार साहले जानकारी गराए ।
तालिममाआसमान नेपालकाअध्यक्ष रामप्रवे्श यादव,सामुदायिक संलग्नताअधिकृत अमितायादवले सहयोगी भूूमिकानिर्वाह गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1