<
आरके श्रीवास्तव,रौतहट,२२ गते पुस ।
रौतहट । घरको भुक्तानीको माग गर्दै रौतहट सदरमुकाम गौरमा आज प्रदर्शन गरिएको छ । आवास पीडित दलितहरुले आफनो निर्माणाधीन घरको भुक्तानीको लागि प्रर्दशनका गरेका हुन् ।
आइतवार प्रर्दशनकारीहरुले गौर स्थित प्राविधिक कार्यालय घेराउ गरेका छन् । उनीहरुले घर निर्माणको भुक्तानी गर,सूचिकृत घरहरु निर्माण गर,अधुरो घरको निर्माण पुरा गर,निर्माण कार्यको भुक्तानी गर,हाम्रो घर निर्माणको भुक्तानी देऊ ,निर्माणाधीन हाम्रो घरको काम पुरा गर ,भत्केको हाम्रो घर निर्माण गर लगायतका नारा लगाएका थिए ।
प्रर्दशनकारीहरु सँग कुराकानी गर्दै कार्यालय बिनोद कुमार ठाकुरले यस अघि जुन कार्यालय बाट काम गर्नुभयो । त्यहाँ बाट हामी कागजपत्र र पैसा हामी कहाँ आएको छैन् । त्यसकारण यस काममा ढिलाइ भएको स्विकार गरे । फाइल आउने बिक्तिकै काम अगाडी बढाउने आश्वासन दिए । काममा कुनै किसिमको ढिलाइ नहुने विश्वास दिलाए ।
सबै जनाको समस्या बुझि छिटो भन्दा छिटो प्रयास गर्ने बताए । जवाफमा प्रर्दशनकारीहरुले आफूहरुको माग १५ दिन भित्र सुनवाइ नभए कडा आन्दोलन गर्ने चेतावनी समेत दिए । मधेश प्रदेश सरकार द्वारा जनता आवास कार्यक्रम अन्तर्गत आ.व. २०७७।७८ मै मौलापुर नगरपालिकामा बनाउन शुरू गरेका घरहरु अझ अधुरै छन् ।
घर निर्माण भएको भुक्तानी हालसम्म न पाएको र निर्माणाधीन घरको काम पनि रोकिएकोले पीडितहरु गौरमा प्रदर्शन सहित प्राविधिक कार्यालय घेराउ गरेका हुन् । भुुक्तानी हुन नसक्दा दलित समुदायका मानिसहरु विजोगमा छन् । कसैले ऋण लिएर घर निर्माणको काम पुुरा गरेका छन् । भने कसैको घर आधा अधुरा नै छ । जसो तसो काम चलाइ रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1