<

 आरके श्रीवास्तव,राैतहट,१६गते पुस ।

रौतहट । अंग्रेजी नयाँ वर्ष सन् २०२४ को पहिलो दिन मौलापुर पिकनिक पार्कमा पिकनिक गर्नेहरुको घुइँचो लागेको देखिएको छ ।

जिल्लाको मौलापुर नगरपालिका स्थित मौलापुरमा रहेको मौलापुर पिकनिक पार्क पछ्रिल्लो समय पिकनिकको लागि प्रसिद्ध ठाउँको रुपमा परिचित हुँदै गएको छ ।

चाडपर्वहरूमा यहाँ चहलपहल बढि देखिन्छ । पहिला पहिला गाउँ छाडेर बाहिर गइ पिकनिक मनाउने गर्ने गरिन्थ्यो तर ग्रामीण भेगमा नै सुविधा सम्पन्न पिकनिक पार्क सञ्चालनमा आएदेखि अहिले टाढा टाढा बाट मानिसहरु मौलापुर पिकनिक पार्कमा आएर पिकनिक गर्ने गरेका छन् ।

पिकनिक गर्नका लागि यहाँ छिमेकी जिल्ला बारा,पर्सा सहित अन्य जिल्लाबाट आउने गरेका छन् । दैनिकजसो त्यहाँ सयौं पर्यटकले भरिभराउ देखिन्छन् । आज नयाँ वर्ष भएकोले पिकनिक गर्नेहरु बढि देखिएका थिए ।

रौतहट लगायत मधेश प्रदेशको अन्य जिल्लाका मानिसहरुको लागि मौलापुर पिकनिक पार्क आकर्षकको केन्द्रको रुपमा स्थापित हुँदै गएको छ ।

पूर्व मन्त्री प्रभुु साहको गृह नगर मौलापुरमा उनकै पहलमा वि.स.२०७७ मा पार्क सञ्चालनमा आएको थियो । तत्पश्चात् यो ठाउँ विस्तारैं सबैको रोजाइमा पर्न थालेको हो । रौतहटको प्रसिद्ध पार्कको रुपमा रहेको सो ठाउँमा चाडपर्व, विवाह, व्रतबन्ध, पिकनिक र घुमफिर गर्ने मानिसहरुको लागि थलो बनेको छ ।

पार्क सञ्चालनमा आएपछि कयौंले रोजगारी पनि पाएका छन् । यता जिल्ला प्रसिद्ध पर्यटकीय स्थाल नुनथरमा पनि अंग्रेजी नयाँ वर्षको अवसरमा पिकनिक गर्नेहरुको घुुँइचो लागेको देखिएको छ । पर्यटकहरुले सो ठाउँ भरिभराउ भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0