<

काठमाडौं, २१ बैशाख । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी पक्राउ परेका छन् ।

 

काठमाडौं आउँदै गरेका अवस्थामा उनलाई भैरहवाबाट नियन्त्रणमा लिइएको हो । छोरा सन्दिपसँगै उनलाई पनि काठमाडौं ल्याईदैछ ।

 

नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहलाई सहयोग गरेको आरोपमा पुर्व मन्त्री रायमाझीलाई नियन्त्रणमा लिईएको हो ।

उनका छोरा सन्दीपको नाममा डेढ करोडको चेक काटिएको भेटिएको थियो, उनी पनि संलग्न रहेको आरोपमा हिजो उनी माथी पक्राउ पुर्जि जारी गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0