<

गोदार (धनुषा) १३ पुस :

धनुषा प्रहरीले जिल्लाको विभिन्न स्थानबाट २० लाखभन्दा बढीको भन्सार छली गरेर ल्याएको सर–सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी इकाइबाट परिचालन भएको गस्ती टोलीले एक साताभित्र भन्सार छली गरी ल्याउँदै गरेको २० लाख ४७ हजार एक सय बराबरको सर–सामान बरामद गरेको प्रहरी निरीक्षक उपेन्द्र खरेलले जानकारी दिनुभयो । जिल्लाअन्तर्गत बोर्डर हुँदै भारतबाट नेपालतर्फ भन्सार छली गरी ल्याउँदै गरेको सरसामानसहित ओसारपोसारमा संलग्न आठ वटा मोटरसाइकल गरी २० लाखभन्दा बढीको सर–सामान बरामद गरेको निरीक्षक खरेलले बताउनुभयो । बरामद गरेको सामान आज आवश्यक कारबाहीको लागि भन्सार कार्यालय जनकपुरमा पठाइएको छ । (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0