<

सिराहा ,पुस१२ गते 

सिराहामा शरीरको केही भाग जलेको अवस्थामा एक युवकको शव फेला परेको छ।

धनगढीमाई नगरपालिका- ६ स्थित गागन खोला किनारमा पहिचान नखुलेको अन्दाजी २६ वर्षीय युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी टेकु इवा लिम्बूले जानकारी दिए।

‘हामीले छेउछाउका सबैतिर कोही हराएको छ वा कोहीसँग हुलिया मिल्छ कि भनेर सोधखोज गरिरहेका छौं। अहिलेसम्म परिचय खुलेको छैन,’ उनले भने, ‘शव हेर्दा कतै चोटपटक लागेको देखिँदैन तर खुट्टा भाँचेको देखिएको छ। प्रारम्भिक रूपमा कहीँ दुर्घटना भएर मृत्यु वा घाइते हुँदा शव जलाएको हुनसक्छ जस्तो लाग्छ।’

घटनास्थलबाट कुनै सामान बरामद नभएको प्रहरीले जनाएको छ।

स्थानीयले शव देखेपछि इलाका प्रहरी कार्यालय गोलबजारलाई जानकारी गराएका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको एसपी लिम्बूले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0