<

 

 राैतहट,०७ गते पुस ।

राैतहटकाे राजदेवीमा नगरस्तरीय हाजिरीजवाफ प्रतियाेगिता सम्पन्न भएकाे छ । राैतहटकाे राम नरेश लक्ष्मण माध्यमिक विद्यालय हजमिनियामा मा• वि र आ• वि• स्तरीय अलग अलग हाजिरीजवाफ प्रतियाेगिता सम्पन्न भएकाे हाे । राजदेवी नगरपालिकाकाे आयाेजनामा मा वि हजमिनियामा सम्पन्न भएकाे साे कार्यक्रममा मा वि तर्फ मा वि हजमिनिया, मा वि मुडवलवा, मा वि ब्रह्मपुरी, मा वि वसतपुर, मा वि सेढवा र मा वि पथरा तथा आ वि तर्फ आ वि लक्ष्मीपुर बेलबिछवा र सबै मा वि गरी ७ वटा विद्यालयकाे सहभागीता रहेकाे थियाे ।

साे प्रतियोगितामा मा वि तर्फ मा वि हजमिनिया प्रथम, मा वि मुडवलवा द्वितीय र मा वि वसतपुर तृतीय स्थान हासिल गरेका थिए भने आ वि तर्फ आधारभूत विद्यालय लक्ष्मीपुर बेलबिछवा प्रथम , मा वि ब्रह्मपुरी द्वितीय र मा वि पथरा तृतीय स्थान हासिल गर्न सफल भयाे । विजेता विद्यार्थी तथा विद्यालयलाई राजदेवी नगरपालिकाकाे नगरप्रमुख भिखारी प्रसाद यादव, उपप्रमुख राज कुमारी देवी साह तथा प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्थले पुरस्कार तथा ट्रफी वितरण गर्नु भयाे ।

मा वि हजमिनियाकाे सहायक प्रधानाध्यापक नरेश यादव तथा मा वि ब्रह्मुरीकाे सूचना अधिकारी राम विश्वास मुखियाले संयुक्तरूपमा सञ्चालन गर्नुभएको साे कार्यक्रममा नगर प्रमुख यादव , नगर उपप्रमुख साह र प्रमुख प्रसाशकीय अधिकृत कायस्थले मन्तव्य राख्नु भयाे । यस अघि नगरप्रमुख यादवले दिप प्रज्जवलीत गरी तथा माता सरस्वतीकी फाेटाेमा माल्यार्पण गर्दै प्रतियोगिताकाे शु-भारम्भव गर्नु भएकाे थियाे ।

सहायक प्रधानाध्यापक नरेश यादवले स्वागत मन्तव्य राख्नु भएकाे साे कार्यक्रममा मा वि मुडवलवा र मा वि हजमिनियाकी छात्राहरूले स्वागत गान तथा स्वागत नृत्य प्रस्तुत गरेका थिए । उद्घाटन सत्रलाई सम्बाेधन गर्दै नगर प्रमुख यादवले नगरकाे शिक्षालाई सब्बल बनाउन पालिकाले अभियाननै थालेको बताउनु भयाे । विद्यार्थीमा रहेकाे प्रतिभा पहिचान गर्न तथा विद्यार्थीकाे चाैतर्फी विकास गर्न यस्ता कार्यक्रमले थप सहयाेग गर्ने बताउदै उहाँले पालिकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनु भयाे । साेही कार्यालयलाई सम्बाेधन गर्दै प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्थले विद्यार्थीभित्रकाे डर हटाउदै प्रतिभा पहिचानमा यसले सहयाेग गर्ने बताउनु भयाे ।

पालिकाकाे शैक्षिक गुणस्तर सुधारमा पालिका लागेकाे बताउदै वहाँले शैक्षिक सुधारका अलग अलग कार्यक्रम अन्तर्गत याे पनि एउटा रहेकाे बताउनुभयाे । यसले विद्यार्थीलाई भविष्यमा आयाेगका लागि सहयाेग पुर्याउन समेत बताउनु भयाे । मा वि हजमिनियाबाट कार्यक्रमकाे सुरुवात भएकाे बताउदै वहाँले आगामी दिनमा पालैपालाे सबै विद्यालयमा कार्यक्रम गर्ने बताउनु भयाे ।

मा वि हजमिनियाकाे प्रधानाध्यापक संजय कुमार यादवकाे सभापतित्वमा भएकाे साे कार्यक्रममा मा वि ब्रह्मपुरीकाे प्रधानाध्यापक दिपेन्द्र प्रसाद श्रीवास्तव, सूचना अधिकारी राम विश्वास मुखिया, मा वि वसतपुरकाे प्रधानाध्यापक राम विश्वास यादव, मा वि मुडवलवाकाे शिक्षक टेकनाथ खतिवडा , मा वि पथराकाे प्रधानाध्यापक उतिचन्द्र यादव, आधारभूत विद्यालय लक्ष्मीपुर बेलबिछवाकाे भृगु पंडितलगायतका शिक्षक तथा विद्यार्थीकाे उपस्थिति रहेकाे थियाे । कार्यक्रममा सहभागी विद्यार्थीसहित उपस्थित हजारौं विद्यार्थी कार्यक्रमप्रति उत्साहित देखिन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0