<

पुस ०६ गते

वीरगन्जमा जारी नेपाल प्रो क्लब च्याम्पियनसिपमा त्रिभुवन आर्मी क्लबले लगातार दोस्रो जित हात पारेको छ। शुक्रबार भएको खेलमा आर्मीले भारतको वर्डर्स क्लब नोइडालाई ९ विकेटले पराजित गर्यो।

पहिला ब्याटिङ गरेको नोइडाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ९९ रन जोडेको थियो। नोइडालाई सामान्य योगफलमा सिमित गर्न साहब आलमले ४ तथा सोमपाल कामी, कुशल मल्ल र बासिर अहमदले एक एक विकेट लिए।

साहबले चार ओभरमा २ मेडन राख्दै ४ रन मात्र खर्चिएका थिए।

आर्मीले १३.१ ओभरमा एक विकेट गुमाएर लक्ष्य भेट्टायो। आर्मीका कुशल मल्लले ३५ बलमा ४१ र सन्तोष कार्कीले २३ बलमा ३७ रन जोडे। भीम सार्कीले पनि २० रन बनाए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0