<

पुस ०६ गते

सर्वोच्च अदालतमा शुत्रबारदेखि २० जना न्यायाधीशले काम सुरु गरेका छन् । लामो सययपछि सर्वोच्चमा नयाायधीशको संख्या २० पुगेको हो । अझै एक जना न्यायाधीश नियुक्ति गर्न बाँकी छ । नवनियुक्त ६ जना न्यायाधीशदले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका थिए । यसैले सर्वोच्चमा शुक्रबारदेखि नवनियुक्तसहित २० न्यायाधीशको इजलास सुरु भएको हो । सर्वोच्च प्रशासनका अनुसार नवनियुक्त ६ न्यायाधीश शारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाल शुक्रबारदेखि इजलासमा बसेका छन् ।  पोखरेल र ढकाल कानुन व्यवसायी पृष्ठभूमिका हुन् भने बाँकी चार न्यायाधीश उच्च अदालतमा कार्यरत छँदै नियुक्त गरिएका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा बिहीबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले उनीहरूलाई शपथ खुवाएलगत्तै सर्वोच्च अदालतमा बोलाएर छलफलसमेत गरेका थिए । इजलासमा बस्नुअघि प्रधानन्यायाधीश र सर्वोच्चका न्यायाधीशले आफ्ना अनुभव सुनाएका थिए ।  उनीहरूको नियुक्तिसँगै डेढ वर्षपछि सर्वोच्चमा ठूलो संख्यामा इजलास बसेको छ ।

संविधान जारी भएयता सर्वोच्च अदालतमा सबभन्दा ठूलो संख्यामा न्यायाधीशले मुद्दा हेर्न लागेको यो दोस्रोपल्ट हो । यसअघि २०७६ वैशाख ६ गतेदेखि पाँच न्यायाधीशहरू प्रकाशकुमार ढुंगाना, सुष्मलता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्मा नियुक्ति हुँदा पूर्ण संख्या २१ जनाको इजलास लागेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0