<

 

आरके श्रीवास्तव,राैतहट,०६ गते पुस ।

ईलाका प्रहरी कार्यालय कटहरियाकाे नयाँ प्रहरी प्रमुखमा अरूण कुमार सिंह सरुवा भएर आएपछि शान्ति सुरक्षामा प्रहरी कर्मचारीहरु थप क्रियाशिल हुन थालेका छन् ।

ईलाका प्रहरी कार्यलय कटहरियामा नयाँ प्रहरी प्रमुखमा अरूण कुमार सिंह सरुवा भएर आएपछि शान्ति सुरक्षामा प्रहरी कर्मचारीहरु थप क्रियाशिल हुन थालेका छन् । सिंह ईलाका प्रहरी कार्यालय कटहरियामा आएपछि नयाँ रणनीति तथा कार्यनीति अबलम्बन गरेर नयाँ कार्ययोजना बनाई शान्ती सुरक्षामा कमी कमजोरी हुन नदिन कडाका साथ लाग्नु भएको हाे । सिंह आएपछि कटहरिया बजारमा प्रहरीले शान्ति सुरक्षाका गतिविधिलाई ह्वात्तैे बढाएको हो ।

उनले प्रहरी चेकिङ लाइ कडा बनाएका छन् । प्रहरीकाे सामाजिक अपराध नियन्त्रणका लागि सामुदायिक प्रहरी साझेदारी कार्यक्रमलाई प्रभावकारीताका साथ बढाउने उनले बताएका छन् । उनको सक्रियताले कटहरियामा शान्ति सुरक्षामा मजवुत बनाउने स्थानीय बासिहरुको अपेक्षा छ । कटहरियाको शान्ति सुरक्षाको लागि यहाँका नागरिकसँग हातेमालो गरेर अघि बढ्ने प्रहरी बरिस्ठ नायब निरिक्षक सिंहले बताएका छन् ।

यसका अलावा उनले प्राथमिक केन्द्र कटहरिया नियम विपरीत काम गरिरहेका ठेकेदार लाई ध्यानाकर्षण गराई नियमपूर्व काम गराउन पहल समेत गर्नु भएको छ । साथै सिंहले कार्यभार सम्हाल्ने वितिकै तस्करहरूमा हडकम्प नै मचेकाे छ । तस्करी नियन्त्रण तर्फ पनि उनले कडाइका साथ लाग्नु भएको हाे । जसले गर्दा तस्करहरूमा भागाभाग भएको हाे । पछिल्लो समय कटहरियामा चाेरीकाे घटनामा वृद्धि भएको थियो । त्यसलाई पनि न्यूनीकरण गर्ने तर्फ लाग्ने प्रतिबद्धता जनाउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0