<
विराटनगर पुस ६,
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा ४०० केभी क्षमताको इनरुवा सबस्टेसनको निर्माण सम्पन्न भएको छ । यो सबस्टेसन ढल्केबर पछिको दोस्रो ठूलो सबस्टेसन हो ।
इनरुवा सब स्टेसनको आज प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले उद्घाटन गर्ने भएका छन् । विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि निर्माण गरिएको सब स्टेसनको प्रधानमन्त्री प्रचण्डले शुक्रवार बिहान १० बजे उद्घाटन गर्ने कार्यक्रम छ ।
त्यसपछि प्रधानमन्त्री प्रचण्ड १२ बजे मोरङको मिक्लाजुङमा माओवादी पार्टीको रूपान्तरण अभियानअन्तर्गत आयोजना गरिएको सभालाई सम्बोधन गर्न पुग्ने कार्यक्रम रहेको छ ।
माओवादीले सञ्चालन गरेको अभियानको क्रममा सातै प्रदेशका १–१ वडामा पुग्ने अध्यक्ष प्रचण्डको योजनाअनुसार मिक्लाजुङ पुग्न लागेका हुन् ।
मिक्लाजुङको कार्यक्रमपछि अपराह्न विराटनगरका विराट एक्स्पोको उद्घाटन प्रधानमन्त्रीले गर्ने कार्यक्रम छ । एक्स्पोको उद्घाटन सकेर शुक्रवार साँझ काठमाडौँ फर्कने प्रधानमन्त्रीको कार्यपालिका छ ।
उनी हिजो नै विराटनगर आएका थिए । प्रधानमन्त्री प्रचण्ड आज विराटनगरमा कोशी प्रदेशसभाका सदस्यसमेत रहेका कान्छा ज्वाइँ जीवन आचार्यका घरमा बसेका थिए । प्रधानमन्त्रीको सुरक्षाको लागि घरदेखि पूर्वतर्फको जमिनमा टेन्ट राखेर सुरक्षाकर्मीको टोलीलाई राखिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1