<

 

५ पुस, काठमाडौं

नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पार्टीको मधेश प्रदेश कार्यसमितिको प्रथम सम्मेलनमा अनुपस्थित भएका छन् । वरीयतालाई लिएर मधेश प्रदेश कार्यसमितिमा संस्थापन र संस्थापन इतर समूहबीच विवाद भएपछि डा. कोइराला सम्मेलनमा अनुपस्थित भएका हुन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले विवादमा तानिएको आफ्नो धार्मिक अभिव्यक्तिबारे प्रस्टीकरण दिएका छन् । उनले आफूलाई सबैको अभिभावक बताउँदै सबै अस्तित्वको समान गर्ने बताएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सर्वोच्च अदालतका नवनियुक्त न्यायाधीशलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।

राष्ट्रियसभा चुनावका लागि मतदान केन्द्र तोकिएको छ । निर्वाचन आयोगले ११ माघमा हुने चुनावका लागि आज मतदानस्थल र केन्द्र तोकेको हो । प्रत्येक प्रदेशमा एक एकवटा मतदानस्थल र सोही मतदानस्थलमा दुई/दुईवटा मतदान केन्द्र रहने गरी जम्मा ७ वटा मतदानस्थल र १४ वटा मतदान केन्द्र तोकिएको छ ।

बिहीबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक ३२.७७ अंकले घटेर २१०९.१० बिन्दुमा झरेको छ । नेप्से घटेसँगै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ओरालो लागेको छ । आज सेन्सेटिभ इन्डेक्स ६ अंकले घटेर ३९६.६२ अंकमा पुगेको छ ।

उत्तर कोरियाले यसै हप्ता आफ्नो देशको सबैभन्दा शक्तिशाली अन्तरमहादेशीय क्षेप्यास्त्रको सफल परीक्षण गरेको छ । ह्वासङ–१८ क्षेप्यास्त्र सोमबार प्रक्षेपण गरिएको थियो । ठोस इन्धनको प्रयोग हुने यस क्षेप्यास्त्रले अमेरिकासम्मै पुगेर आक्रमण गर्न सक्ने उत्तर कोरियाली समाचार संस्था केसीएनएले जनाएको छ । क्षेप्यास्त्र परीक्षणस्थल नजिकैबाट सर्वोच्च नेता किम जोङ उनले ह्वासङ–१८ को प्रक्षेपण अवलोकन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0