<

 

काठमाडाैं पुस ४,

संसदीय सुनुवाई समितिले बुधबार सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित ६ जना न्यायाधीशहरूको नियुक्तिबारे निर्णय गर्न लागेको छ ।

न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकालको नाम सिफारिस गरेको थियो । उनीहरुको संसदयि सुनुवाइ सकिसकेकाले आज आवश्यक निर्णय हुन लागेको हो ।
समितिको बुधबार विहान ११ बजे बस्दैछ । उनीहरुबारे गम्भीर आरोप केही नरहेकाले अनुमोदन हुने प्रवल सम्भावना रहेको सभापतिका सदस्यहरुको भनाइ छ ।
समितिले अनुमोदन गरेपछि उनीहरूले नियुक्ति लिएर राष्ट्रपतिबाट शपथ ग्रहण गरी सर्वोेच्च अदालतको न्यायाधीशकारुपमा कामकाज सुरू गर्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0