<

 

इस्लामाबाद मंसिर २०,  

– पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि आफ्नी श्रीमती बुशरा बीबीसंग अवैध सम्बन्ध राखेको आरोप लागेको छ ।

इमरानले बुशरा बीबीसंग त्यो बेला सम्बन्ध बनाएका थिए, जब दुबैको विवाह भएको थिएन अर्थात दुबैबीच अवैध सम्बन्ध थियो ।

बुशरा बीबीका पूर्व श्रीमान् खावर फरीद मनेकाको घरको सुरक्षा गार्डले अदालतमा दर्ता गराएको वयानमा यो कुराको दावी गरेका हुन् ।

ती गार्डले आफू इमरान खान र बुशरा बीबीको अवैध सम्बन्धको प्रत्यक्षदर्शी भएकोसमेत बताएका छन् । इमरान विवाह अगाडि बुशराको घरमा आउँथे र दुबै जना लामो समय कोठामा बिताउँथे, जसको ती सुरक्षा गार्ड एक मात्र प्रत्यक्षदर्शी थिए ।

खावर फरीद मानेकाको घरका सुरक्षा गार्ड मुहम्मद लतीफले इस्लामाबादका सिभिल जज कुदर तुल्लाहको अदालतमा उक्त वयान दिएका हुन् ।

लतीफले आफ्नो वयानमा भनेका छन् – ‘इमरान खान घर आउँथे र दुबै एक साथ कोठामा जान्थे । खावर फरीदको निर्देशन अनुसार म यदि उनीहरुको कोठामा पस्न खोजे भने दुबैले मलाई गाली गरेर त्यहाँबाट भगाउँथे । जसरी दुबैले कोठामा जुन प्रकारले समय बिताउँथे, त्यसबाट आफूलाई दुबैबीच अवैध सम्बन्ध छ भन्ने विश्वास भएको थियो ।’

इमरान खानको बुशरासंगको विवाहविरुद्ध खावर फरीद मानेकाले अदालतमा निवेदन दिएका हुन् । खावरले आफ्नो निवेदनमा पाकिस्तान तहरीके इन्साफ पार्टीका अध्यक्ष इमरान खान र उनकी श्रीमती बुशराविरुद्ध गैर इस्लामिक विवाह गरेकोमा सजाय माग गरेका छन् ।

खावर भन्छन् – ‘दुबैले विवाह अगाडि नै एक–अर्कासंग अवैध सम्बन्ध राखेका थिए ।’

खावरले बुशरासंग २०१७ काृे नोभेम्बर महिनामा सम्बन्ध विच्छेद गरे भने त्यसको डेढ महिनापछि बुशराले इमरानसंग विवाह गरिन् । अर्थात बुशराले दोस्रो विवाहका लागि इस्लामिक रीतिरिवाज अनुसार एक सम्बन्ध विच्छेद गरेकी महिलाका लागि आवश्यक हुने समय पनि पुरा गरिनन् । इमरानले आफ्नी श्रीमतीसंग झुठो तरिकाले विवाह गरेर आफ्नो वैवाहिक जीवन बर्बाद गरेको खावरले बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0