<

 

मोरङ,मंसिर १८,

मोरङको विराटनगरमा आगलागी हुँदा २ जनाको मृत्यु भएको छ।

विराटनगरस्थित सातघुम्तीमा रहेको एउटा कवाडी गोदाममा आज (बुधवार) दिउँसो आगलागी हुँदा विराटनगर-७ का ३० वर्षीय दिपक मण्डलको घटनास्थलमै र अर्का एकजनाको उपचारका क्रममा न्युरो अस्पतालमा मृत्यु भएको मोरङ प्रहरी प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए।

शरीरको पूरै भाग जलेकाले मृतकको पहिचान हुन नसकेको उनले बताए। आगलागीमा परेका अन्य ४ जना सिकिस्त छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0