<

 

 मङ्सिर १५ शुक्रबार

नेपाल आयल निगम लिमिटेडले पेट्रोलमा दुई रुपैयाँ र डिजेल तथा मट्टितेलमा समान चार रुपैयाँ प्रतिलिटरका दरले मूल्य घटाएको छ ।

निगम संचालक समितिको बिहीबार साँझ बसेको बैठकले मूल्य घटाउने निर्णय गरेको हो । मूल्य घटेपछि काठमाडौंमा पेट्राल एक सय ७० रुपैयाँ र डिजेल तथा मट्टितेल एक सय ६० रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

मंगलबारदेखि आयल निगम ऋण र बक्यौतालगायतका सबै दायित्वबाट मुक्त भएकाले यसपटक थोरै दरमा नाफा राखेर ठूलो अन्तरले मूल्य घटाउनुपर्ने दबाब थियो ।

निगमले ३१ असारदेखि लागू गरेको ‘पेट्रोलियम पदार्थ तथा ग्यासको स्वचालित मूल्य प्रणाली कार्यविधि, ०८०’ अनुसार पेट्रोलमा २.५ प्रतिशत र डिजेलमा २ प्रतिशत नाफा राख्ने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0