<

काठमाडौं।

काठमाडौं महानगरपालिकाले मंसिर २७ गतेदेखि आफ्नो भौगोलिक क्षेत्रभित्र प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्ण निषेध गर्ने भएको छ ।कामपा स्वास्थ्य विभागले जारी गरेको १५ दिने सार्वजनिक सूचनामा यससम्बन्धी जानकारी दिएको छ ।

कामपाले निर्देशन पालना नगरे कडा कारबाही गर्ने चेतावनी दिएको छ । त्यसका लागि २७ गतेदेखि नै कामपाको सबै सार्वजनिक क्षेत्रमा कामपा प्रहरी परिचालन गर्ने भएको छ ।

कामपा प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले शिक्षण संस्था, सरकारी कार्यालय, पुस्तकालय, तालिम तथा जनस्वाथ्यसम्बन्धी संस्था, सार्वजनिक सवारीसाधन, वृद्धाश्रम, विमानस्थल, बाल कल्याण गृह, क्लबहरू, सार्वजनिक शौचालय, होटल, रेस्टुरेन्टहरू, छात्रावास, व्यायामशाला, डिपार्टमेन्ट स्टोर, धर्मशाला, सार्वजनिक प्रतीक्षालयलगायतका स्थलमा सुर्तीजन्य पदार्थ सेवन र बिक्रीवितरण गर्न नपाइने व्यवस्था गरेको बताउनुभयो । सो व्यवस्थाले ऐनको परिच्छेद २ को दफा ३ मा सुर्तीजन्य पदार्थ नियन्त्रणअन्तर्गत सार्वजनिक स्थल तय गरेको छ ।

ती स्थलमा सेवन गरे सय रुपियाँ जरिवाना गर्न सक्ने व्यवस्था छ । ऐनको अनुच्छेद ५ को उपदफा १७ मा सजायसम्बन्धी व्यवस्थाअनुसार सो क्षेत्रमा धूम्रपान र सुर्तीजन्य पदार्थ सेवा गरे तुरुन्त रोक लगाउन सक्ने पटकपटक सेवन गरेमा बाहिर निकाल्न सक्ने र अटेर गरेमा उक्त रकम जरिवाना गराउने व्यवस्था छ ।

ऐनको दफा ५ अन्तर्गत विभिन्न कसुरमा ५ हजारदेखि १ लाख रुपियाँ जरिवाना गर्नेसम्मको व्यवस्था छ । ‘ऐनअनुसार अनुगमनसँगै कारबाही गर्ने गरी आवश्यक तयारी थालेको कामपा प्रहरी प्रमुख पाण्डेले बताउनुभयो । २७ गतेबाट अनुगमन गर्न सबै प्रहरी परिचालन गर्न लागेको उहाँको भनाइ छ ।

यसअघि ऐन जारी गरेलगत्तै सरकारले प्रहरी परिचालन गरी सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ सेवान गर्नेमाथि तत्काल पक्राउ गरी सय रुपियाँ जरिवाना गर्ने गरेको थियो । राजधानीमा खुलेआम बिक्रीवितरण बढ्न थालेपछि कामपाले कडाइ गर्न थालेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0