<

काठमाडाैं,२०८० मङ्सिर १३ 

नेपाल–दुबई व्यावसायिक सम्मेलन १४ मंसिरमा संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा आयोजना हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ र दुबई चेम्बर अफ कमर्सको आयोजनामा हुने व्यावसायिक सम्मेलनमा मुख्य अतिथिका रूपमा प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुने बताइएको छ । सम्मेलन युएईस्थित नेपाली राजदूतावासको सहयोगमा हुन लागेको महासंघले जनाएको छ ।

सम्मेलनमा दुवै देशका करिब सयजना उद्यमी–व्यवसायीको उपस्थिति रहने बताइएको छ । उक्त सम्मेलनमा दुुवै देशबीच आर्थिक व्यावसायिक सम्बन्ध विस्तार, लगानी प्रवद्र्धन एवं श्रम बजार विस्तार, नेपाली कृषि उत्पादनको मध्यपूर्वमा बजार विस्तार तथा सम्भाव्यताका विषयमा छलफल हुनेछ । सम्मेलनबाट नेपालमा मध्यपूर्वको लगानी आकर्षण एवं नेपाली कृषि उत्पादनको मध्यपूर्वका राष्ट्रहरूमा निर्यात प्रवद्र्धनमा सहयोग पुुग्ने विश्वास महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले व्यक्त गरे । उनले भने, ‘सम्मेलनबाट ऊर्जा एवं पर्यटन क्षेत्रमा पनि आपसी सहकार्यको ढोका खुल्ने विश्वास छ ।’

यसअघि महासंघले प्रधानमन्त्री दाहालको भ्रमणका क्रममा भारत र चीनमा पनि व्यावसायिक सम्मेलनको आयोजना गरेको थियो । दुबईमा आयोजना हुने व्यावसायिक सम्मेलनपछि अध्यक्ष ढकालको नेतृत्वमा महासंघको प्रतिनिधिमण्डलले मंसिर १५ र १६ गते अबुधाबीमा आयोजना हुने जलवायुसम्बन्धी विश्वसम्मेलन कोप–२८ मा भाग लिने कार्यक्रम रहेको छ । नयाँ पत्रिका
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0