<

मंसिर ९, २०८०,राजविराज ।

स्थानीय तहको निर्वाचनमा मेयर पदका प्रत्यासी रहेका सप्तरीका एक नेता बलात्कार प्रयासको आरोपमा पक्राउ परेका छन् ।

जिल्लाको शम्भुनाथ नगरपालिकामा गत स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट मेयर पदका उम्मेदवार बनेका सोही नगरपालिका ५ निवासी दीपेन्द्र चौधरी बलात्कार प्रयासको आरोपमा शुक्रबार पक्राउ परेका हुन् ।

३५ बर्षकी महिलाले आफुलाई बलात्कार प्रयास गरेको भन्दै जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेका अनुसार पक्राउ परेका चौधरीलाई जबरजस्ती करणी उधोग मुद्दा अन्तरगत सप्तरी जिल्ला अदालतबाट ५ दिनको म्याद लिई घटना ’bout थप अनुसन्धान शुरु गरिएको छ ।

आरोपी चौधरी गत २०७९ बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट मेयर पदको उम्मेदबार भएका थिए । ४१४३ मत प्राप्त गरेका चौधरी एकीकृत समाजवादीका जितेन्द्र गुप्तासँग पराजित भएका थिए । राजधानी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0