<

९ मंसिर, २०८०

पूर्वराजा ज्ञानेन्द्र शाहले आज झापाको बिर्तामोडस्थित इकम कलेजमा बनाइएको पृथ्वीनारायण शाहको सालिक अनावरण गर्ने भएका छन् । यस अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ‘शक्ति प्रदर्शन’ गर्ने भएको छ । मेचीनगरस्थित होटल मेची क्राउनबाट राप्रपाले ठूलो संख्यामा मोटरसाइकलसहित र्याली आयोजना गरिने जनाइएको छ ।

र्यालीसहित पूर्वराजा शाह मेचीनगरबाट बिर्तामोड पुगेर सालिक अनावरण गर्ने कार्यक्रम रहेको राप्रपाले जनाएको छ । कार्यक्रममा सहभागी हुन पूर्व राजा शाह हिजो शुक्रबारै झापा आइपुगेका छन् ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन कार्यक्रमको तयारीका सिलसिलामा साताभन्दा बढी समयदेखि गृहजिल्ला झापामा छन् । राप्रपा नेताहरुका अनुसार पूर्वराजा शाहले सर्वसाधारण भेट गर्ने कार्यक्रम पनि राखिएको छ ।

कार्यक्रममा सहभागी हुन झापाका विभिन्न क्षेत्रबाट सर्वसाधारणको सहभागिता हुने जनाइएको छ । ५० हजारको सहभागिता रहने दाबी गरिएको कार्यक्रममा छिमेकी जिल्ला इलाम, पाँचथर, मोरङ, सुनसरीलगायत क्षेत्रबाट पनि सहभागिता हुने राप्रपाले जनाएको छ ।

राजतन्त्रका पक्षमा विभिन्न समूहहरुद्वारा प्रदर्शन भइरहेका बेला झापामा पूर्वराजा शाह सहभागी हुने कार्यक्रम तय भएकाले यसलाई अर्थपूर्ण रुपमा हेरिएको छ । फरकधार

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0