<

 

 राैेतहट,मंसिर ७ गते राैतहट ।

मालपोत कार्यालय चन्द्रनिगाहपुरका प्रमुख राेशन श्रेष्ठको सरुवा भएको तीन महिना वितिसक्दा पनि किन नगएकाे स्थानीयले आरोप लगाएका छन । साे कार्यालयबाट सरुवा भई सक्दा पनि प्रमुख श्रेष्ठ कार्यालय नछाडेका कारण स्थानिय छक्क परेका हुन ।

कार्यालय प्रमुख श्रेष्ठको २०८० भदाै ११ गते गृह मन्त्रालयमा सरुवा भएको थियोे । मालपोत कार्यालय चन्द्रनिगाहपुरमा अनियमितता गर्ने नियतले उनी कार्यालय छाेडन नचाहेको स्थानीयले आरोप लगाएका छन । संगै रहेको नापी कार्यालय प्रमुख सविन बिक सरुवा हुने वितिकै रवाना लिएर सरुवा भएको कार्यालयमा हाजिर समेत भई सकेका छन ।

अझै सम्म नापि कार्यालय चन्द्रनिगाहपुरमा नया प्रमुख हाजिर भएको छैन । मालपोत कार्यालय चन्द्रनिगाहपुरमा त्यस्तो के छ जो प्रमुख श्रेष्ठ छोडेर रवाना लिई जान चाहदैन स्थानीयले प्रश्न गरि रहेका छन ।

यस सम्बन्धमा कार्यालय प्रमुख श्रेष्ठसंग बुझन खोज्दा आफनो सरुवा गृह मन्त्रालयमा सरुवा भएको स्विकार गर्दै आफु सरुवा भई जान लागेको कार्यालयको यकिन भई पदस्थापन नभएको र मालपोत कार्यालय चन्द्रनिगाहपुरमा आउने कार्यालय प्रमुख समेत नआई सकेको हुदा खाली नगरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0