<

८ मंसिर

पोखरामा जारी केपी ओली कप टी–२० प्रतियोगितामा गण्डकी प्रदेशले नेपाल एपिएफ क्लबलाई ४ विकेटले हराएको छ ।

शुक्रबार भएको खेलमा एपिएफले दिएको १ सय २ रनको लक्ष्य गण्डकीले १९.४ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । उसका लागि मुस्कान थापा, दिनेश बुढामगरले २५/२५, गौरव विक र अभिषेक थापाले ११/११ रन बनाए ।

एपिएफका अभिनाश बोहराले दुई, इर्शद अहमद, अमर रौटेला र अरुण ऐरीले एक/एक विकेट लिए । त्यसअघि पोखरा क्रिकेट रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफ १८.४ ओभरमा १ सय १ रनमै अलआउट भयो ।

उसका लागि कप्तान प्रदीप ऐरीले २०, भुवन कार्की, सुमित महर्जनले १४/१४ आसिफ शेख र लोकेश बमले १२/१२ रन बनाए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0