<

०८ मङ्सिर २०८०,कतार ।

कतारको एउटा अदालतले भारतीय नौसेनाका ८ जना अधिकारीहरूलाई मृत्युदण्डको सजायविरुद्ध भारत सरकारले दिएको अपिल स्वीकार गरेको छ ।

अक्टोबर २८ मा जासुसी गरेको मामिलामा कतारले ती अधिकारीहरूलाई मृत्यु दण्डको सजाय सुनाएको थियो । यस मामिलामा छिट्टै सुनुवाइ हुने अदालतले बताएको छ ।

यो फैसलालाई अहिलेसम्म गोप्य राखिएको बताइएको छ । सन् २०२२ को अगस्टमा अल दाह्रा नाम गरेको निजी कम्पनीमा काम गर्ने ८ भारतीय नागरिकहरूलाई जासुसीको आरोपमा समातिएको थियो । मार्च २५ मा उनीहरू विरुद्ध मुद्दा चलाइएको थियो । गत महिना यिनीहरूलाई मृत्युदण्ड दिने फैसला सुनाइएको थियो । रातोपाटि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0