<

आरके श्रीवास्तव,राैतहट,०६ गते मंसिर 

रौतहटकाे फतुवा बिजयपुरमा द्वन्द्व हुन बाट जाेगिएकाे छ । विवादकै बिच फतुवा विजयपुर नगरपालिकाको कार्यालय प्रमुखकाे रूपमा आज प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधान हाजिर भएका छन् ।

वडा अध्यक्षहरुले एक कदम पछाडि हटेपछी उपसचिव समेत रह्नु भएका प्रधान बुधबार कार्यालयमा हाजिर हुन सफल भएका छन् । वडा अध्यक्षहरू पछाडि हट्दा द्वन्द्व हुन बाट जाेगिएकाे हाे । उनलाई कार्यवाहक नगर प्रमुख अम्बेया खातुनले कार्यालयमा फुलमाला लगाई स्वागत गरेकी थिईन् ।

हाकिम हाजिर गराउने विषयलाई लिएर साे नगरपालिकामा धेरै दिनदेखि विवाद थियाे । वडाअध्यक्षहरूले कुनै पनि हालतमा प्रधानलाई हाकिमकाे रूपमा स्विकार नगर्ने अडान लिदै आएका थिए । विवादकै कारण उनले कार्यभार सम्हाल्न सकेका थिएनन् ।

यता आफूहरू सँग समन्वय नगरी कार्यालयमा हाजिर भएकाे भन्दै प्रधानलाई भने नगरपालिकामा सहज नहुने वडा नम्बर ९ का वडा अध्यक्ष राकेश यादवकाे भनाइ छ । उनले भने विवाद सल्टेकाे छैन् । विवाद अहिले पनि जारी छ । बस् हामीले त्यहाँ द्वन्द्व हुन दिएनाै । दुर्घटना हुन बाट जाेगियाे । बाहिरकाे मान्छे आएर नगरपालिकामा हाकिम हाजिर गराउने विषय हामीलाई कदापि स्विकार हुने छैन् । वडा अध्यक्षहरू सँग समन्वय नगरेसम्म नगरपालिका चलाउन गाह्रो हुने प्रतिक्रिया दिए ।

 

स्मरणीय हाेस् साे नगरपालिकामा अहिलेसम्म नगरसभा हुन नसकेको हाे । हाकिम हाजिर गराउने विषयमा नै अल्झि रहँदा असार १० गते हुनु पर्ने नगरसभा हुन नकेकाे हाे  । नगरसभा हुन नसक्दा सामाजिक सुरक्षा भत्ता,बालपाेषण भत्ता,कर्मचारी हरूले दशैं तिहारमा पनि तलब भत्ता पाउन सकेका थिएनन् । सुविधाहरू पाउन नसकदा उनीहरूलाई निकै सास्ती खेप्नु परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0