<

काठमाडौं, ३० कार्तिक ।

नेपाल हङकङसँग पराजय भएको छ ।

 

चार देश सम्मिलित महिला टी–२० सिरिजमा नेपाल हङकङसँग पराजित भएको हो ।

 

घरेलु टीम हङकङसँग ९ विकेटको हारसँगै नेपाल जारी सिरिजमा दोस्रो पटक पराजय भएको हो । नेपाल यसअघि तान्जानीयासँग पराजित हुन पुगेको थिषो ।

हङकङविरुद्ध पहिले ब्याटिङ गर्दै नेपालले जम्मा ५६ रनको कमजोर स्कोर बनाएको थियो । नेपालका लागि रुबिना क्षेत्रीले ३० बलमा २५ बनाएर आउट भए पनि अन्य खेलाडीले कुनै जादु देखाउन सकेनन ।

उता, हङकङले एक मात्र विकेट गुमाएर ९ ओभरमा नै लक्ष्य भेट्टाउन सफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0