<
काठमाडौं,२८ कात्तिक
चालू आर्थिक वर्षको असोज मसान्तसम्ममा नेपाली रुपैयाँ अमेरिकी डलरसँग १.३४ प्रतिशतले अवमूल्यन भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०८० असोज मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर १३२ रुपैयाँ ९५ पैसा पुगेको छ ।
जबकि अघिल्लो वर्ष २०७९ को असार मसान्तमा यस्तो विनियमयदर ३.०१ प्रतिशतले अवमूल्यन भएर अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ १७ पैसा कायम भएको थियो ।
रुस र युक्रेनबीचको युद्धले निम्त्याएको संकट अन्तर्राष्ट्रिय आयात निर्यातको प्रभाव र तेलको मूल्यका कारण डलरको मूल्य प्रभावित हुन पुगेको हो । जसका कारण पछिल्लो समय डलरसँग नेपाली रुपैयाँ कमजोर बन्न पुगेको हो । रातोपाटी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1