<

राैतहट,कार्तिक २७ गते राैतहट ।

नेकपा एमालेका महिला नेतृ तथा संघिय सासद विणा देवी साहको प्रमुख आतिथ्यमा शुभदिपावली तथा छठ पर्वको अवसरमा शुभकामना र सम्मान कार्यक्रम गरुडामा सम्पन्न भएको छ । सो अवसरमा शुभकामना दिदै सासद साहले पृथ्वीलोकमा जहिले पनि सत्यको विजय हुदै आएको उनले बताए । असत्य गर्नेले केही समय उत्साहित भए पनि अन्त्यमा सत्यको नै विजय हुदै आएको उनले उदाहरण सहित स्पष्ट पारे । परिवारजन तथा सन्तान सुख तथा दिर्घायुको लागी छठपर्व हुदै आएको बताउदै सवै वर्गमा उतरोतर प्रगति तथा सुख शान्तिको कामना गरे । सुन चादी व्यवसायी संघ राैतहटको आयोजनामा भएको शुभकामना कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्तिलाई सम्मान समेत गरिएको हो ।

संधका जिल्ला अध्यक्ष अरुणकुमार साेनीको अध्यक्षतामा भएको कार्यक्रममा गरुडा नगर उपप्रमुख पुनम चाैधरी , सुन चादी व्यवसायी संघ मधेस प्रदेसका अध्यक्ष रामजी साह, गरुडा नगर प्रमुख प्रत्यासि बृज किशोर यादव , गरुडा नगर प्रमुख प्रत्यासि दिपक यादव , गरुडा नगर उधाेग वाणिज्य संघका पुर्व अध्यक्ष राम भराेस यादव , गरुडा नगरपालिका वा नम्बर २ का अध्यक्ष कृष्णनन्दन सहनी ,वडा नम्बर ३ का अध्यक्ष अम्बिका सहनी , वडा नम्बर ५ का अध्यक्ष राम विनाेद साह ,वडा नम्बर ६ का अध्यक्ष रामबाबु चाैधरी ,वडा नम्बर ९ का वडा अध्यक्ष राजेश सहनी सहितका वक्ताले शुभकामना व्यक्त गरेका थिए ।

साे अवसरमा गरुडा उधाेग वाणिाज्य संघका अध्यक्ष सुनिल साह , वरिष्ठ उपाध्यक्ष सुशील साह,उपाध्यक्ष राम ईशवर साह ,महिला सदस्य शुसिला देवि,नेकपा एमाले गरुडा नगर कमिटी अध्यक्ष अन्जनी साह,गरुडा बहुमुखी क्याम्पस अध्यक्ष लक्षमण साह,हाम्रो रिण वचत सहकारीका अध्यक्ष हरेन्द्र जयसवाल ,लायन्स कल्ब गरुडाका अध्यक्ष हरेन्द्र यादव ,युवा नेता लक्ष्मी साह र सन्तोष साहको उपस्थितिमा कार्यक्रम भव्यताका साथ सम्पन्न भएको संधका उपाध्यक्ष कामेश्वर नाथ साहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0